ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ । शनिवार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने ६०.६२ प्रतिशत गरेको बताए ।
प्रमुख महर्जनका अनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५।३२, राजश्व सङ्कलन ७५ प्रतिशत र बेरुजु ०।५२ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३।५ प्रतिशत, वित्तीय जोखिम मूल्याङ्कन ९९।५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कन ७४।७१ प्रतिशत रहेको बताएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।





