१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कृषि बिकास बैंकको साहित्यिक पत्रिका समष्टि विमोचित, सिइओ गुरुङले गरे विमोचन



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडबाट प्रकाशित साहित्यिक पत्रिका समष्टिको विमोचन गरिएको छ । २१२ औं भानुजयन्तीको सन्दर्भ पारेर बैंकले पत्रिकाको ११९ औं अङ्क विमोचन गरेको हो । पत्रिकाको विमोचन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि विकास बैंकले बिगत लामो समयदेखि समष्टिमार्फत् नेपाली साहित्यको सेवा गरेको बताउनुभयो । त्यस्तै समष्टि प्रकाशन समितिका अध्यक्ष एवम् बैंकका उपमहाप्रवन्धक प्रताप सुबेदीले समष्टिको इतिहासको स्मरण गर्दै सर्जकहरुको सिर्जनाले समष्टि प्रकाशनको निरन्तरतामा प्रेरणा मिलेको धारणा राख्नुभयो । कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरुलगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कृषि बिकास बैंकले झण्डै ५ दशक अघिबाट समष्टि पत्रिका प्रकाशन गरी नेपाली साहित्यमा योगदान दिदैँ आइरहेको छ ।

फोटो : कृषि बिकास बैंक

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : ३३ बजे