१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेमा आफू सक्रिय भइसकेकोले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने बताएकी हुन् । उनले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् ।

उनले थपिन्, ‘कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्ला, महाधिवेशन अघि केन्द्रीय समिति माथिल्लो निकाय हो त्यसले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’

उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएका पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् ।

दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क उनको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको दाबी गरेकी छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ३४ बजे