काठमाडौं । सुनको मूल्यमा तोलामा १३ सयको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा करोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।





