काठमाडौं । स्थानीय बजारमा बुधबार फेरी सुनको मूल्यमा तोलामा २१ सयले बढेको छ । आज सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । सुन वैशाख ९ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।





