५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठलाई मातृशोक



काठमाडौं । आईजे ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ ।

श्रेष्ठकी आमा जवाहर देवी श्रेष्ठको १०१ वर्षको उमेरमा बी एन्ड बी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । बुधबार उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जवाहर देवी श्रेष्ठको भोलि बिहान साढे ९ बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ३३ बजे