१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मुख्यमन्त्री तामाङले गुमाए कांग्रेस संसदीय दल नेताको हैसियत, भोली दलको चुनाव हुने



कहेटौडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा ९तामाङ० विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ।

मंगलबार हेटौंडामा बसेको संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाको पक्षमा १५ सांसदको मात्र समर्थन रहयो । अविश्वासको प्रस्तावको पक्षमा २२ साम्सदले हस्ताक्षर गरेका छ्न ।

अविश्वासको प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट स्वतः पदमुक्त भएका छ्न ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद राजेन्द्र केसीको समन्वयमा सहमति खोज्ने प्रयास गरिएको भए पनि सहमति जुट्न नसकेपछि मंगलबार बैठकबाट मत विभाजन गरिएको छ ।

अब नेपाली कांग्रेस बागमती संसदीय दलले नयाँ नेता चयनको प्रक्रिया भोली नै शुरु हुने कांग्रेसले जनाएको छ ।ती संसदीय दलले नयाँ नेता चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ४५ बजे