५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

गैँडाकोटको रिसोर्टमा भीषण आगलागी



मध्यबिन्दु । नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो ।

आगलागीपछि घटनास्थलमा कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ । क्षतिको बिवरण भने प्राप्त भएको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : ५४ बजे