१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित



मकवानपुर । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । आज दिउँसो एक बजेका लागि तय गरिएको सपथ समारोह तत्कालका लागि रोकिएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि काठमाडौं जानुभएको छ । सोही कारण प्रदेश प्रमुखको निर्देशनमा सपथ समारोह अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

मुख्यमन्त्री लामाले रिक्त पाँच मन्त्रालय मध्ये तीन वटामा बुधबार मन्त्री नियुक्त गर्नुभएको थियो। हिजो गर्ने भनिएको शपथ नेकपा एमालेको आग्रहमा आजको लागि सारिएको थियो । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ लाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १० : ५० बजे