गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयले कृषकहरूलाई २५ लाख बढीका सामाग्रीहरू वितरण गरेको छ ।
परियोजनाको कार्यालयले कृषकहरूलाई गएको आर्थिक वर्षमा २५ लाख ५ हजार रुपैयाँ बरावरका सहयोगी सामाग्री वितरण गरेको परियोजना प्रमुख पूर्ण ढुङानाले जानकारी दिए ।
परियोजनाले तरकारी खेती, सुन्तला जात र आलु खेती गर्ने कृषक र समूह एवं सहकारीलाई ८५ र ५० प्रतिशत नगद अनुदान अन्तर्गत सामाग्री वितरण गरेको उनले बताए ।
‘हामीले कृषकलाई फल टिप्नु अगाडी र पछाडि गरेर वर्गीकरण गरेर अनुदानमा सामाग्री दिएका हौ’ उनले भनिन् ‘फल टिप्नु अगाडीका सामाग्रीमा ५० प्रतिशत र टिपी सकेपछीकोमा ८५ प्रतिशत अनुदानमा सामाग्री वितरण गरिएको हो ।’
उत्पादन भयपछिका फल राख्ने क्रेटमा ८५ प्रतिशत अनुदान दिएर सामाग्री वितरण गरिएको हो । परियोजनाले गएको आर्थिक वर्ष ०८१–०८२ मा २ हजार ६५० थान बाग्मती कम्पनीका क्रेटहरू वितरण गरेको थियो ।
त्यस्तै गरी, उत्पादन पूर्वका सामाग्रीहरूमा बगैँचा सुद्विणीकरण कृषि औजारहरू भएको परियोजना प्रमुख ढुङानाले बताउनु भयो ।
उत्पादन पूर्वका सामाग्रीहरूमा स्प्रेएर २५० थान, सिकेचर ९५ थान, आँरा ७२ थान, डिजिटल काँटा १५० थान, ठेल गाडा १०० थान, मल्चिङ प्लाष्टिक १०८ रोल ९प्रति रोल ४०० मिटर० र एप्रोन ९पिपी सेट० १५० थान वितरण गरेको उनले जानकारी दिनु भयो ।
परियोजनाले गएको आर्थिक वर्ष परीक्षणका रूपमा गोरखाको सहिद लखन गाउँपालिकामा १ जना किसानलाई फलफूलको जुस बनाउने मेशिन समेत अनुदानमा दिएको छ ।
उत्पादनपछिका सामाग्रीमा परियोजनाले १३ लाख ८८ हजार ९०० रुपैयाँ र उत्पादन पूर्वका सामाग्रीहरूमा ११ लाख १६ हजार १०० खर्च भएको जनाएको छ ।
परियोजनाको कार्यालयले दिएको जानकारी अनुसार तनहुँमा तरकारी खेती र गोरखामा सुन्तला जात र आलु खेती गर्ने किसान, समूह र सहकारीलाई अनुमानमा सामाग्रीहरू उपलब्ध गराएको हो ।





