३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

आयुर्वेद विज्ञ डा.पुनम नेपाल उत्कृष्ट कर्मचारीबाट सम्मानित



काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरका प्रमुख कन्सल्टेण्ट आयुर्वेद विज्ञ डा.पुनम नेपाल उत्कृष्ट कर्मचारीबाट सम्मानित भएकी छन् ।
बागमती प्रदेश पुर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा नेपाललाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरेका हुन् । यस अघि उनले नेतृत्व गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाण्डौले स्वास्थ्य कार्यक्रमहरु तथा सेवा प्रवाह लगायत मुख्य सूचकहरुको आधारमा मुल्याङ्कन गर्दा बागमती प्रदेशमा रहेको आयुर्वेद चिकित्सालयहरु मध्ये प्रथम स्थान प्राप्त गरेको थियो ।


कार्यक्रममा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ। सङ्घीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको हो । त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको ‘डिजिटल हेल्थ’ कार्यक्रमको पनि उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १ : १५ बजे