मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनापत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका छन् ।
लामाको तर्फबाट प्रमुख स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत सोमबार राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका हुन् ।
यसअघि आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामाको घोषणा गरेका थिए । चार दिनदेखि उपचारका लागि काठमाडौँमा रहेका प्रदेश प्रमुख देवकोटा सोमबार बिहान हेटौँडा आइपुगेका छन् ।
राजीनामा पत्रमा हस्ताक्षर गरेर मुख्यमन्त्री लामा भने आइतबार साँझै काठमाडौँ लागेका थिए ।





