१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका हुन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ५५ बजे