१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु 



काठमाडौँ । डेङ्गु सङ्क्रमणबाट दुई जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गु सङ्क्रमणबाट दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

डा। दाहालले नेपालमा पुस यता ७४ जिल्लाबाट तीन हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जानकारी दिए । दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन ।

डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ। गण्डकी प्रदेशमा ८८८ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६३६, कोशीमा ५३२, लुम्बिनीमा ४७७, सुदूरपश्चिममा ३५५, कर्णालीमा ८४ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा।दाहालले जानकारी दिए ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ३ : १७ बजे