१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

उपसभामुख रानालाई हटाउन सत्तारुढ दलका सांसदको हस्ताक्षर जारी



काठमाडौं । एमाले सांसदलाई दलको कार्यालय बोलाएर धमाधम हस्ताक्षर गराइएको छ । उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर संकलन गरिएको हो ।

अहिले बिहान १० बजेदेखि नै उनीहरुलाई दलको कार्यालय बोलाएर हस्ताक्षर गराइएको छ । त्यस्तै नेपाली कांग्रेसको बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् । कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो । उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । रानामाथि महाभियोग लगाउन संसदको बहुमत सदस्यको हस्ताक्षर अनिवाय रहने अनिवार्य प्रावधान छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : २२ बजे