काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीको अभिव्यक्ति हटाउन रेकर्डबाट माग गरेका छन् । सोही बिषयमा राप्रपा सांसद रोशन कार्की बोलिरहँदा एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाए । कार्की ले भनिन्, उहाँहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई हटाउने कुराहरू त्यहाँ चल्यो । नेपाली कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गर्न लगाएछन् । सही गराउने कस्ता पार्टी ?सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस्,उनले भनेकी थिइन् ।
कार्कीले खाली काजगमा सही गराउने पार्टी र सांसदलाई धिक्कार छ भनेपछि सांसद थापाले नियमापत्ति जनाएकी हुन् ।
नियमापत्ति जनाएर उठेका सांसद थापालाई सभामुख देवराज घिमिरेले के विषयमा र कुन नियमअनुसार नियमापत्ति हो भनेर सोधे । यसबेला कार्कीले भनिन्, ‘उहाँको बानी नै त्यस्तै हो, जेमा पनि बुरुकबुरुक हुनुहुन्छ । उहाँलाई बोल्न दिनुस्, त्यसपछि म मेरो कुरा राख्छु ।’
त्यसपछि समय पाएका थापाले ‘संसदमा लान्छनापूर्ण आरोपपूर्ण कुरालाई निषेध गरिनुपर्ने र रेकर्डबाट हटाइनुपर्छ’ भने । उनले मण्डलेकरणविरुद्ध लडेर आएको भन्दै भने, ‘कस्ता कागजमा सही गर्छौं जानेर बुझेर सही गर्छौं ।’





