१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु



चितवन । स्क्रब टाइफसबाट शनिबार ९भदौ ७० चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा.रामप्रसाद सापकोटाका अनुसार, यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारेरोगबाट पनि पीडित थिइन् ।

जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार, चितवनका विभिन्न अस्पतालमा उपचारका निम्ति आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० को परीक्षण गरिएकामा ७३ जनामा संक्रमण पुष्टि भएको हो । रासस

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  २ : ४८ बजे