काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिने २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको छ ।
आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी कात्तिक १७ गते सोमबारका दिन तय भएको उपनिर्वाचनमा सहभागि हुनका लागि आयोगमा दर्ता भएका २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार, उपनिर्वाचनका लागि दर्ता भएका प्रमुख दल र उनीहरुले प्राप्त गरेका निर्वाचन चिन्हमा नेकपा ९एमाले०लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा ९माओवादी केन्द्र० लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई हलो, जनमत पार्टीलाई लाउड स्पिकर, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०लाई कलम चिन्ह निर्धारण गरिएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चालाई गिलास, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेपालका लागि नेपाली पार्टीलाई गोलाकार भित्र शङ्ख, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाललाई षट्कोण, जनता समाजवादी पार्टी ९जसपा०लाई गोलाकार भित्र मुठ्ठी निर्वाचन चिन्ह निर्धारण गरेको छ ।





