काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने सम्बोधन बहिष्कार गर्ने भएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफ्नो दलले बैठक बहिस्कार गर्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरण छानबिनका उच्चस्तरीय समिति गठनको माग राखेर रास्वपाले यसअघि पनि लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री ओली चीन भ्रमण जानु एक दिनअघि संसदलाई सम्बोधन गर्न लागेका हुन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोध गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।





