काठमाडौं । अन्तत : निजामती विधेयकमा उमेरहदसम्बन्धी राखेको अडानबाट सरकार पछि हटेको छ । सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले यसअघि समितिको बैठकमै उमेरहदका विषयमा अडान राखेकी थिइन् ।
तर उनको अडान अल्पमतमा पर्ने निश्चितपछि आज समितिको बैठकमा उनले व्यक्तिगत स्वार्थ र लाभ केही नभएको बताउँदै अडानबाट पछि हटेको जानकारी गराएकी थिइन् ।
अब प्रतिनिधि सभाले पठाएको उमेरहद सम्बन्धी व्यवस्था कायम हुने भएको छ । ब्यवस्थामा कर्मचारी यस आर्थिक वर्षमा ५८ वर्षमै अवकाश, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाश हुनेछन् ।





