१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ, पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल



काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ) ३० पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । सरकारले गठन गरेको मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ।

अन्तरिम सरकारलाई फागुन अन्तिम साता चुनाव गर्ने म्यान्डेड छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १२ : ५३ बजे