२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा



भोजपुर । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । यो सडकखण्डका विभिन्न ठाउँमा झरेको पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु सडक खुलाइएसँगै गन्तव्यतर्फ लागेका छन् । वर्षासँगै पहिरो खस्ने, सडक भासिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

मध्यपहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडकखण्डको शिरदलीमा खसेको ठूलो पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाले जानकारी दिए । यो सडक पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  १ : १६ बजे