१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

संसद् पुर्नस्थापनाका लागि अदालत जान एमालेले थाल्यो छलफल



काठमाडौं । प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।

नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘आन्तरिक छलफल भइरहेको छ । हामी राम्ररी छलफल गरिरहेका छौं । यो विषयमा एमाले र कांग्रेस एकताबद्ध भएर जान्छौं ।’ संसद विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको उनको भनाई छ ।

यसअघि असोज १२ गते भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि यो विषयमा छलफल भएको थियो । उक्त बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण हुनुपर्ने बताएका थिए ।

विघटित प्रतिनिधिसभामा ८० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्ने आठ वटा राजनीतिक दलले प्रतिनिधिसभा विघटनको संवैधानिकतामाथि प्रश्न खडा गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १ : १० बजे