काठमाडौं । प्रहरीले बिहीबार बिहानैदेखि काठमाडौंमाउच्च सतर्कता अपनाएको छ । जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । यद्यपी जेनजी समुहले गर्ने भनेको प्रर्दशन भने हालको लागि स्थगित भनि बुधबार साझ बिजेप्ती निकालेको थियो ।
काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । माइतीघर मण्डलादेखि थापाथली र विभिन्न चोकमा प्रहरीको टोली परिचालन गरिएको छ ।





