काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको छ । आज मंगलबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार ९असोज २७० छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





