१ असार २०८३, सोमबार | Tue Jun 16 2026

बिशेष महाधिबेशनमा बहुमत हस्ताक्षर दर्ता भएपछि पार्टी सभापति देउवा दबाबमा !



काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै २४६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेपछि देउवा दबाबमा परेका छन् । उनीहरुले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ ।

जेन्जीको आन्दोलन पछि कांग्रेस यथास्थितिमा अगाडी बढ्न नसक्ने भन्दै विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान चलाएका थिए । हस्ताक्षर अभियानमा २४६४ जनाको नामावली अहिले ‘इन्ट्री’ भइसकेको महामन्त्री थापाको सचिवालयले जनाएको छ ।

कांग्रेसका ४३४७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । बिशेष महाधिबेशनको लागि ४० प्रतिशत हस्ताक्षर आवश्यक पर्दछ । यता बिशेष महाधिबेशनमा बहुमत हस्ताक्षर दर्ता भएपछि पार्टी सभापति देउवा दबाबमा छन् । संस्थापन पक्ष यहि केन्द्रीय समितिलाई लम्बाउने पक्षमा देखिएका छन् भने गगन पक्षले अब यो कमिटिको म्याद थप्ने प्रस्ताव केन्द्रिय बैठकमा नलैजाने बताइसकेका छन् आजै केन्द्रिय समितिको बैठक अघि बस्ने भनिएको कार्यसम्पादन बैठक हालसम्म पनि बस्न सकेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ०५ बजे