१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा सुरु हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको प्रमुख गौतमले जानकारी दिए । आसन्न राष्ट्रिय महाधिवेशनबारे पनि बैठकमा विस्तृत रूपमा छलफल हुने बताइएको छ ।

यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो । सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन मंसिरको अन्तिम सातातिर गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : ४६ बजे