१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

घट्यो पेट्रोलको भाउ, अब लिटरको कति ?



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ घटाएको छ। बिहीबार राति एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ घटाएको नेपाल आयल निगमले जनाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी)ले बुधबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : ५० बजे