चितवन । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरूमध्ये दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।
यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना फर्किएका छन् । नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरूमध्ये दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाले जानकारी दिए ।
यसअघि, सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुंगानाले जानकारी दिए । यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबरजस्ती करणीका रहेको उनको भनाइ छ । फरार भएकामध्ये दुर्लभ एकसिंगे गैँडा चोरी सिकारीसमेत रहेका छन् ।
कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।
फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताएका छन् । अरू नवलपरासी (बर्दघाट–सुस्ता) पूर्वसहित अन्य जिल्लाका छन् ।
हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताएका छन् । उनले भनेका छन्, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।” रासस





