१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित



काठमाडौं । भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २(१ गोल अन्तरले जित निकालेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन् ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

सावित्राले नै ६२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : ३९ बजे