१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

माओवादी केन्द्रको निर्णय – छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ ।

आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, “पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब करिब सहमति भइसकेको छ। आज खास गरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ ।”

प्रवक्ता सापकोटाका अनुसार नेकपा ९एकीकृत समाजवादी०, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा ९समाजवादी० र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ ।

एकताबारे नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको चिरण सि नेतृत्वको समूहसँग पनि छलफल भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ४४ बजे