काठमाडौं। पटक पटक स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा पुनः शुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्यसमितिको बैठकलाई निरन्तरता दिने निर्णय गरेको हो।
आजको बैठकमा संस्थापन र इतर दुवै पक्षले आ–आफ्नो धारणाका रूपमा महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेका छन्।
महामन्त्री गगन थापाले इतर पक्षको तर्फबाट धारणा राख्दै पुस मसान्त का लागि महाधिवेशन प्रस्ताव गर्नेछन् भने संस्थापन पक्षले वैशाख महिना महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेको छ।
१८ कार्तिक २०८२, मंगलबार
125
Shares





