काठमाडौँ । कृषि बिकास बैंकले कृषि कर्जा ब्याजदर घटाएसँगै कर्जाको सुबिधा लिन आह्वान गरेको छ । बैंकले ब्यवसायिक कृषकहरुलाई लागि ६.४९ % ब्याजदरमा कृषि कर्जा उपलब्ध गराएको छ । जसमा ५.४९ बेस दर र १ प्रतिशत प्रिमियम जोडीएको हो । बैंकले कृषकहरुलाई यो सेवाबाट लाभ लिन आह्वान गरेको छ । बैंकले कार्तिक १ गते देखि लागुहुने गरी कृषि पेशा र व्यवसायमा आवद्ध ग्राहकहरुलाई लक्षित गर्दै कृषि कर्जाको व्याजदर घटाएको हो । यो सगैँ ब्यवसायिक कृषि पेशामा आर्कषण बढ्ने अपेक्षा गरिएको छ । विगत ५८ वर्ष देखी कृषि पेशामा योगदान पुर्याउदै आएको यस बैंकले प्रवाहा गरेको कर्जा मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा समेटिको छ । बैंकले हालसम्म ८०००० कृषक तथा कृषि व्यवसायीहरुलाई कर्जा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।






