१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

प्रधानमन्त्रीमा गगन थापा भनेर चुनावमा जाऔं : कांग्रेस सह-महामन्त्री



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबारदेखि जारी छ । बैठकमा कांग्रेसको महाधिबेशन तालिकामाथि छलफल भइरहेको छ । आजको बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी सभापतिका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताए ।

‘जसको प्रभाव छ, त्यसलाई मूल्यांकन गरेर यहीबाट एउटा नयाँ निर्णय गरौं । संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीका गगन भनेर चुनावमा जाऔं,’ सहमहामन्त्री मन्सुरले भने, ‘म कुरा लुकाएर हिड्ने मान्छे होइन । आम जनताको कुराहरूको निष्कर्ष मैले राखेको छु । अहिले गगनकुमार थापाको पक्षमा सबै नेपाली जनताले कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको सुनेको छु ।’

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : १० बजे