१ असार २०८३, सोमबार | Tue Jun 16 2026

भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने पार्टी बनाउनु महाधिबेशन : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले पार्टीको महाधिवेशन तत्काल किन गर्न आवश्यक छ भनेर स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले अधिवेशन कहिले गर्ने, नेतृत्व फेर्ने मात्रै नभई देशप्रतिको चिन्ताको विषय जोडेर अधिवेशनको विषय प्रवेश गराएको बताएका हुन्। त्यस्तै उनले जेनजी आन्दोलनपछि उठेको सुधारको आवाजलाई सम्बोधन गर्न पनि कांग्रेसभित्रबाट सुधार थाल्नुपर्ने उनको भनाइ छ । ूजेनजी आन्दोलनको मुख्य माग सुधार पारदर्शिता र सुशासन हो, संस्थागत सुधार र सुशासनको एउटा अंश राजनीतिक दल पनि हो । राजनीतिक दल यसका पदाधिकारी केन्द्रीय सदस्य र सदस्यहरूको मात्र नभएर आम नागरिकको पनि हो, महामन्त्री थापाले भनेका छन्, त्यसकारण नागरिक आवाजको सम्मान गर्नुपर्छ । नागरिकको सम्मान गर्‍यो भने हरेक नागरिकले दललाई सम्मान गर्छन् । नागरिकले सम्मान गर्ने र सुधार नागरिकको आवाज सुन्ने दल बनाउन कांग्रेसले महाधिवेशनमार्फत सुधार थाल्नुपर्छ ।”

उनले यही कारण महाधिवेशन र पार्टीभित्रको विवादको विषय राष्ट्रिय विषय भएको बताए । उनले निर्वाचन र महाधिवेशनको प्रक्रिया एकसाथ अघि नबढ्ने नेताहरूको तर्कलाई पनि खण्डन गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  १२ : ११ बजे