३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

देउवा पक्षका दुई दर्जन केन्द्रीय सदस्य गगन लाइनमा , महाधिवेशनको प्रक्रिया थाल्न दर्ता गराए ध्यानाकर्षणपत्र



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका दुुई दर्जन सदस्य गगन थापाको लाइनमा खुलेको छन् । उनीहरुले महाधिवेशनको प्रक्रिया सुरु गर्न ७ बुँदे ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।

उनीहरूले शुक्रबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् । समयसीमा निर्धारण गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता टुङ्ग्याउनुपर्ने उनीहरूको माग छ ।

आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाइ लागू गर्नुपर्ने उनीहरूले उल्लेख गरेका छन् ।

त्यस्तै, ध्यानाकर्षणपत्रमा १५औं महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा समाबेशीमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : २६ बजे