१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सुनको मूल्य तोलामै झण्डै ७ हजारले घट्यो, आज मूल्य कति ?



काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ३९ बजे