काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पुनः बस्दै छ । असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक आज पुनः बस्न लागेको हो ।
विशेष अथवा नियमित महाधिवेशन भन्ने विवादमा बैठक केन्द्रित हुँदै आएको छ । पुस अथवा वैशाखमा नियमित महाधिवेशन भन्ने विषयमा पनि बैठकमा विवाद छ ।
यही विवादका कारण कांग्रेस राष्ट्रिय विषयमा समेत प्रवेश नगरी बैठक स्थगित गरेर बसेको छ ।
दुवैतर्फको निरन्तरको अडानले कात्तिक २७ यता तीनपटक बैठक स्थगित भइसकेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पुस अन्तिमको नियमित महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले गरेका छन् ।





