काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका हुन् । कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।
७ मंसिर २०८२, आइतबार
42
Shares





