१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

स्पेसएक्सका ‘राइडसेयर’मिसन सफलतापूर्वक प्रक्षेपण



लस एन्जल्स । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडसेयर’मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ । ‘राइडसेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकै पटक धेरै साना उपग्रह वा उपकरणलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो ।

यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रह ९जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरण० एउटै रकेटमा राखिन्छन् । यसले एउटै प्रक्षेपणमा धेरै उपकरण अन्तरिक्षमा पुर्‍याउन सकिने सुविधा दिन्छ र ठुलो खर्च पनि बचत हुन्छ ।

यसरी, साना र लागत प्रभावकारी मिशन सफलतापूर्वक सञ्चालन गर्न सजिलो हुन्छ । ‘ट्रान्सपोर्टर(१५’ नाम दिइएको यो मिसन क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार बिहान १०स्४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको स्पेसएक्सले जनाएको छ ।

स्पेसएक्सका अनुसार मिशनमा कुल १४० पे(लोड ९उपग्रह तथा अन्य उपकरण० रहेका थिए, जसमा क्युबस्याट, माइक्रोस्याट, होस्टेड पे(लोड तथा कक्षान्तरण गर्ने साना यान पनि समावेश थिए । ती मध्ये १३ पे(लोड भने पछि छुट्टै कक्षमा पठाइने छन् ।

स्पेसएक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा भने अनुसार, यसको राइडसेयर कार्यक्रममार्फत यसअघि सम्पन्न र अहिले चलाएका मिसन मिलाएर एक हजार ४०० भन्दा बढी पे(लोड सफलतापूर्वक कक्षामा पुर्‍याइ सकिएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १२ : ३२ बजे