काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेस गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेस गर्ने तयारी गरेका छन् ।
१५ मंसिर २०८२, सोमबार
28
Shares





