१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

महाधिवेशनलाई समय कम भयो : शशांक कोइराला



चितवन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महाधिवेशनका निम्ति समय कम भएको बताएका छन् ।

मंगलबार ९मंसिर १६० चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।”

उनले पार्टीले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्ने टुंगो नभएको बताए । यद्यपि, सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ ।

‘जेनजी’लाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए । महाधिवेशनमा उमेदवारीका सम्बन्धमा उनले भने, “सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाइ हुनुहुन्छ, उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुईजनामध्ये एकजना लड्छौँ ।” रासस

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ०६ बजे