काठमाडौँ । कोष व्यवस्थापन कम्पनी लिमिटेडले नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवारका सम्पन्न भएको साधारण सभाले लाभांश वितरण तथा शेयर पूँजी वृद्धि बिषयमा प्रस्ताव सहित निर्णय गरेको छ । सभाले १०.५२६३% लाभांश वितरण गर्ने तथा कम्पनीको व्यवसाय विस्तारका लागि शेयर पूँजी वृद्धि सम्बन्धी प्रस्ताव पनि अनुमोदित गरेको हो । कार्यक्रममा कोष व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्ष सुशिल हुमागाईले कम्पनीको बर्तमान उपलब्धी तथा भविष्यका योजनाहरु प्रस्तुत गरेका थिए । त्यस्तै उनले निरन्तरको साथ र सहयोगको लागि सम्पूर्ण शेयरधनीहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोष ब्यवस्थापन कम्पनी लिमिटेडको प्रगति र पारदर्शिताको प्रशंसा गर्दै भविष्यमा पूँजी बृद्धिका योजना सकारात्मक रहेको धारण ब्यक्त राखे । साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षका योजनाहरू प्रस्तुत गरिएका थियो ।
त्यस्तै सभाले कम्पनीको सञ्चालक समिति पुनर्गठन गरी दिल बस्नेतलाई नयाँ सञ्चालकको रूपमा निर्विरोध चयन गरेको छ ।
२० मंसिर २०८२, शनिबार
252
Shares





