२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सर्वोच्च अदालतका सवै इजलास आजदेखि पूर्ण रुपमा सञ्चालनमा



काठमाण्डौ । सर्वोच्च अदालतले आजदेखि सबै इजलास पूर्णरूपमा सञ्चालनमा ल्याउने भएको छ ।
गएको भदौ २४ गतेको क्षतिपछि थोरै मात्रै मुद्दाको पेशी तोकेर सुनुवाइ हुँदै आएकोमा आजदेखि थप ६ वटा इजलास सञ्चालनमा आउने सर्वोच्च अदालतले हिजो एक सूचना निकाल्दै जनाएको छ ।
जेनजी आन्दोलनपछि भदौ २४ गते सर्वोच्चमा आगजनीका कारण इजलास गठन गर्न समस्या हुँदै आएको थियो । इजलास बस्ने ठाउँ अभावका कारण सीमित मुद्दाको मात्रै पेशी तोकेर सुनुवाइ हुँदै आइरहेको हो । आजदेखि सर्वोच्चको एनेक्स भवनबाट ५ वटा र नयाँ भवनबाट ६ वटा इजलास सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १ : ४४ बजे