पाल्पा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ ।
पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति झमनबहादुर मगरले जानकारी दिए । क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि वीरबहादुर राना, हिमालदत्त श्रेष्ठ, मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवर सिफारिस भएका छन् ।
यसैगरी, समानुपातिकतर्फ राजनप्रसाद पन्त, सुनिता अधिकारी, वसन्ती घिमिरे र जमिला मियाँ सिफारिस भएका छन् । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस भएको छ ।
पार्टीले हरिप्रसाद नेपाल, महेन्द्र पाण्डे, विधान श्रेष्ठ, यमलाल तिमिल्सिना, माधव नेपाल, देवराज ढकाल, दानबहादुर पछाई, शोभा शाक्य, शुक्रराज भण्डारी र अम्बिका पौडेललाई सिफारिस गरेको सभापति मगरले बताए ।





