काठमाण्डौ । कृषि विकास बैंकले शेयर धनीहरुलाई ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सोमबार भक्तपुरको बोडेमा बसेको वार्षिक साधरणसभाले शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव पारित गरेको हो । साधरणसभामा बोल्दै महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुलीले बैँकलाई उद्यमसंग जोड्ने कार्यमा अगाडि बढ्न सुझाव दिनुभयो । त्यस्तै सहभागी बैँकका शेयरधनीहरुले व्यवसायीक क्षेत्रहरुको पहिचान र लगानीलाई अझै बढाव दिँदै जानुपर्नेमा सुझाएका थिए । सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलेले शेयरधनीहरुले राखेका सुझावका नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैंकको उन्नााईसौ वार्षिक साधरणसभामा साधरणसभामा बैंकका उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायतको उपस्थित रहेको थियो ।
मुलुकको कृषि तथा पशुपालन क्षेत्रमा मुख्य लगानी भएको यस बैंकले कृषक वर्गलाई मुख्य प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको छ । २७ लाख भन्दा बढी ग्राहक रहेको यस बैंकले २८५ वटा कार्यालय मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको छ ।
२९ मंसिर २०८२, सोमबार
56
Shares





