१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

सुनको मूल्यले फेरी बनायो अर्को रेकर्ड, आज तोलाको कति ?



काठमाडौं । सुनको मूल्यले फेरी अर्को ‘रेकर्ड’ बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

आइतबार तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार ९पुस ११० पनि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : २३ बजे