काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताएका छन्। कार्यसम्पादन समितिको बैठक सकेलगत्तै उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले महाधिवेशन आयोजना गरेको भन्दै २७ र २८ गते महाधिबेशनमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले त्यसका लागि आफूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो कुरा सभापतिसम्म पुर्याइदिन भनेको बताए ।
“आज फेरि मैले यहाँ भनेको छु कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई पनि यो कुरा पुर्याइदिनुहोला । अहिले पनि हामी अपेक्षा गर्छौं पार्टी सभापति २७ गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो । विधानसम्मत आयोजना हो । त्यो अधिवेशनमा उहाँ सहभागी हुनुपर्छ । त्यो अधिवेशनमा उहाँ सहभागी हुने कुराले उहाँको पनि मान बढाउँछ, उनले भने । उनले विधान कार्यान्वयन गर्दा पार्टी विभाजनमा लैजान खोजिएको भन्ने हौवा फैलाइएको बताए।





