१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

विशेष महाधिवेशनमा के हुँदैछ? नीति–गत बहस र ठूला निर्णयको तयारी



काठमाडौं( नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ। बिहान ८ बजेदेखि दर्ता सुरु गरिएको हो।

अहिले भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरू नाम दर्ता गरी परिचयपत्र ९कार्ड० लिने क्रम जारी छ। कांग्रेसले आज मध्याह्न १२ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालिने कार्यक्रमसमेत तय गरिएको छ।

विशेष महाधिवेशनमा के–के नीति–गत निर्णयको तयारीरु

विशेष महाधिवेशनको मुख्य एजेन्डा पार्टीभित्र व्यापक नीति–गत सुधार र विधान संशोधन रहेको छ। महामन्त्री विश्वप्रकाश शर्माले यसअघि प्रस्ताव गरेका विभिन्न विषयलाई नीति र विधानको रूप दिने तयारी गरिएको छ। ती प्रस्तावहरू यसप्रकार छन्–

– पार्टीमा पदाधिकारीका लागि १, २, ३ र ४ पटकको मोडल लागू गर्ने प्रस्ताव। यसअनुसार राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्था पार्टीको नीति बनाउने तयारी।

– समानुपातिक सांसद एक पटकभन्दा बढी हुन नपाउने, प्रत्यक्ष निर्वाचन जितेका तथा मन्त्री भइसकेकालाई समानुपातिक सांसद नदिने व्यवस्था विधानमै समेट्ने प्रस्ताव।

– संघ, प्रदेश र स्थानीय तहका सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने र त्यस्तो समितिको संयोजक सम्बन्धित तहका पार्टी सभापति हुने व्यवस्था।

– क्रियाशील सदस्यता केन्द्रमा नपठाई वडास्तरमै टुंग्याउने तथा महाधिवेशन प्रतिनिधि पनि वडाबाटै चयन हुने व्यवस्था।

– विज्ञ तथा पेसागत क्षेत्रका व्यक्तिलाई पार्टीमा सिधै प्रवेशको अवसर दिने।

– केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसमेत महाधिवेशन प्रतिनिधिको निर्वाचनबाट आउने व्यवस्था थप गर्ने। हाल केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

– जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि अधिवेशन प्रतिनिधि पनि निर्वाचनबाटै छनोट गर्ने व्यवस्था।

– केन्द्रीय कार्यसमितिमा २० प्रतिशत युवा ९४० वर्षमुनिका० र १५ प्रतिशत पेसागत क्षेत्रको प्रतिनिधित्व अनिवार्य गर्ने।

– प्रत्येक तहको अधिवेशन ३ देखि ६ महिनाको फरकमा गर्ने, भ्रातृसंस्थाको पुनः परिभाषा गरी तिनलाई स्वायत्त बनाउने।

– पार्टीका सबै संरचनामा महिलाको सहभागिता बढाउने, केन्द्रमा ४० वर्षमुनिका युवाका लागि एक सहमहामन्त्री र पेसागत क्षेत्रबाट एक सहमहामन्त्री थप गरी दुई सहमहामन्त्रीको व्यवस्था गर्ने। प्रदेश कार्यसमितिमा पनि समानुपातिक आधारमा सहमहामन्त्री थप गर्ने गरी विधान संशोधन।

– केन्द्रीय कार्यसमितिको आकार विस्तार गर्दै ७७ जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ जना सहित २६५ प्रत्यक्ष निर्वाचित, ३६ समावेशी तथा समानुपातिक व्यवस्थाअनुसार सभापतिबाट मनोनित गरी कुल ३०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव।

– महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका दुई जना युवा प्रतिनिधि ९एक महिला, एक पुरुष० र पेसागत क्षेत्र ९डाक्टर, इन्जिनियर, वकिल, नर्सलगायत० बाट एक जना प्रतिनिधि रहने व्यवस्था।

विशेष महाधिवेशनमा यी प्रस्तावमाथि व्यापक छलफल र निर्णय हुने कांग्रेस नेताहरूले बताएका छन्। पार्टीलाई संस्थागत, समावेशी र नीति–मुखी बनाउने दिशामा विशेष महाधिवेशन निर्णायक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : १४ बजे