१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

६ महिनामा पाँच खर्ब ८१ अर्बभन्दा बढी राजस्व संकलन



काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को ६ महिनामा सरकारले कुल पाँच खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्मको लक्ष्यको ८१।७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

सोअनुसार पुससम्मको लक्ष्य सात खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर, वास्तविक संकलन लक्ष्यभन्दा करिब एक खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम हो ।

मन्त्रालयका अनुसार पुस महिनामा मात्रै राजस् संकलन तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि एक खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा एक खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ । यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९।९६ प्रतिशत रहेको छ ।

त्यसैगरी, पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको तथ्यांक छ ।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएको थियो ।

उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकामा पुस २९ गते ९मसान्त० सम्म पाँच खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो ।

त्यस, वर्ष पुस महिनामा मात्रै एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । अर्थ मन्त्रालयका अधिकारीका अनुसार चालु आर्थिक वर्षमा पुस महिनाको राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिभन्दा केही सुधार देखिए पनि समग्र रूपमा पुससम्मको लक्ष्य प्राप्ति भने अझै चुनौतीपूर्ण देखिएको छ ।

बाँकी महिनामा राजस्व संकलनलाई तीव्र बनाउन नीतिगत र कार्यान्वयन तहमा थप प्रभावकारी प्रयास हुने मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

पाण्डेयले भने, “जेनजी आन्दोलनपछि पहिलो त्रैमासमा राजस्व संकलनमा केही अप्ठ्यारा आए । तर, पछिल्ला दिनमा केही सकारात्मक छ, आगामी दिनमा लक्ष्य अनुसार राजस्व उठ्ने सम्भावना छ ।”

पाण्डेयका अनुसार मन्त्रालयले राजस्व चुहावट रोक्दै आगामी दिन लक्ष्यअनुसार राजस्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  १२ : २४ बजे